सुर्खेत विमानस्थलमा रातिको समयमा पनि उडान भर्ने व्यवस्था मिलाउन बुध्द एयरको आग्रह



काठमाडौं । बुध्द एयरले सुर्खेत विमानस्थलमा रातिको समयमा पनि उडान भर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।

बुध्द एयरले विज्ञप्ति जारी गर्दै मौसम प्रतिकुल र ढिला हुँदा पनि उडान सहज हुने व्यवस्था गर्न माग गरेको हो ।

सुर्खेतबाट संघीय राजधानी काठमाडौंको सिधा उडान गर्दै आएको बुध्दले भिजुवल फ्लाइट रुल भिएफआर प्रविधिमा सञ्चालन गरिरहेको छ ।

तर यसो गर्दा मौसम प्रतिकुल र ढिला हुँदा उडान रद्द हुने सम्भावना उत्तिकै प्रवल रहने भएकाले देशका अन्य विमानस्थलमाजस्तै सुर्खेतमा पनि आईएफआर प्रविधि जडान भएमा उडान भर्न सजिलो हुने बुध्दको भनाइ छ ।

इन्टुमेन्ट फ्लाइट रुल आईएफआर प्रविधिमा कम भिजिविलिटीमा पनि उडान भर्न सकिन्छ ।

आईएफआर प्रविधि र सुर्खेत विमानस्थललाई यात्रुमैत्री बनाउनका लागि नागरिक उड्डयन प्राधिकरण तदारुकताका साथ लागेको छ, यसमा प्रदेश तथा संघीय सरकारले पनि प्रभावकारी भूमिका निर्वाह गर्नका लागि बुध्द एयरले अनुरोध गरेको छ ।


क्लिकमान्डु