सांसदहरुको सपथ नगराई सरकार गठन गर्नु उल्टो बाटोः प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचित सांसदहरुको शपथग्रहण अगावै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताएका छन् ।

पार्टीको पदाधिकारी बैठकपछि एक कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभाका सबै सदस्यहरुको शपथग्रहण पछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने बताए ।

निर्वाचित सांसदहरुको सपथग्रहण बिना नै सरकार गठन प्रक्रिया अघि बढाउनु भनेको उल्टो प्रक्रिया हुने भन्दै त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण जानु पर्ने उनको भनाइ छ ।

उनले सांसदहरुको शपथ ग्रहण नहुँदै सरकार गठन गर्ने विषय विगतमा पनि भएको र त्यही उल्टो प्रक्रिया नजिर जस्तो बन्न गएको उल्लेख गर्दै उनले त्यसो गर्नु गलत हुने दाबी गरे ।

अध्यक्ष दाहालले यसअघि पनि संसदीय दलको बैठकपछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाइने बताउँदै आएका थिए । राष्ट्रपति कार्यालयले आइतबार एक साताको समय दिएर सरकार गठन गर्न दलहरुलाई आह्वन गरेको छ ।


क्लिकमान्डु