नेपाल वायुसेवा निगमले माग्यो १३८ जना कर्मचारी, कुन तहमा कति ?
काठमाडौं । नेपाल वायुसेवा निगमले रिक्त पदहरुमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । निगमले चौथो तहदेखि सातौँ तहसम्म रिक्त पदहरुमा १३८ जनाको आवेदन माग गरेको हो ।
निगमले वरिष्ठ प्राविधिक पदका लागि ७ जना, अधिकृत तह छैटौं पदतर्फ प्रशासन/सामान्य प्रशासनतर्फ २८ जना, लेखा अधिकृकततर्फ ११ जना, प्रशासन/सामान्य प्रशासन/कानूनतर्फ १२ जना कर्मचारी माग गरेको छ ।
यस्तै, निगमले वरिष्ठ सहायक पाँचौ तह प्रशासन/सामान्य प्रशासन पदका लागि २२ जना, वरिष्ठ सहायक पाँचौ तहका लागि प्रशासन/लेखा पदका लागि ८ जना कर्मचारी माग गरेको छ ।
वरिष्ठ प्राविधिक(एभियोनिक्स) पदका लागि ११ जना, वरिष्ठ प्राविधिक(एयरफ्रेम एण्ड इन्जिन) पदका लागि १० जना, वरिष्ठ प्राविधिक)इलेक्ट्रिकल) र सिनियर ग्राउन्ड इक्युपमेन्ट अपरेटर पदका दागि निगमले एक/एक जना कर्मचारी माग गरेको छ ।
यस्तै, निगमले सहायक पदका लागि ३६ जना र लेखा सहायक पदका लागि एक जना कर्मचारी माग गरेको छ ।
खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सक्ने निगमले जनाएको छ । २१ दिनभित्र आवेदन दिनु पर्ने निगमले जनाएको छ ।
योग्यता पुगेका उम्दवारहरुले निगमको अनलाइन दरखास्त प्रणाली मार्फत आवश्यक विवरण भरी उक्त प्रणालीमा रहेको कनेक्ट आइपीएस भुक्तानी प्रणालीमार्फत आवेदन दिन सकिने निगमले जनाएको छ ।