सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको थियो । बिहीबार ७ सय रुपैयाँले घटेर १ लाख ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा बिहीबार २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु