रेशम चौधरीसहितलाई जेलबाट छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशप्रति एमालेको आपत्ति



नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले आजीवन काराबासको सजाय भोगिरहेका रेशम चौंधरीसहितका नेता, कार्यकर्तालाई रिहाई गर्नेगरी सरकारले ल्याउन लागेको अध्यादेशप्रति आपत्ति जनाएका छन् ।

उपमहासचिव रिमालले ‘संविधानको रक्षा गर्छौं’ भन्ने चुनावी नारा घन्काएको गठबन्धन सरकारले संविधानको भावनामाथि नै असर पार्ने गरी यस्तो अध्यादेश ल्याउन खोज्नु आफैंमा गलत भएको उल्लेख गर्दै एमालेले त्यसको सशक्त बिरोध गर्ने बताए ।

राजनीतिलाई अपराधीकरण गर्ने र अपराधलाई राजनीतिकरण गर्न सकिन्छ भन्ने दृष्टान्तसहित काम चलाउ सरकारले विधेयकमार्फत् शासन गर्छु भन्नु नै गलत भएको उनको टिप्पणी थियो ।

उपमहासचिव रिमालले काम चलाउ सरकारलाई कुनै पनि खालको अध्यादेश ल्याउने अधिकार नै नभएको बताए । उनले नयाँ सांसदहरु चुनिएर आएकाले वर्तमान सरकारले मुलुकमा दूरगामी महत्वको कुनै पनि काम गर्न नमिल्ने जिकीर गरे ।

रिमालले यसो भने-
यो सतप्रतिशत काम चलाउन सरकार हो अहिले । भलै भोलि उहाँहरु नै प्रधानमन्त्री र मन्त्री हुनु होला । तर अहिले उहाँहरुको हैसियत भनेको काम चलाउ हो । काम चलाउ सरकारले दूरगामी महत्वको कुनै पनि काम गर्नु हुँदैन । त्यसमा पनि अध्यादेशजस्तो चाँडै नै नयाँ संसद बन्दैछ । नयाँ सांसदहरु चुनिएर आईसकेका छन् । पहिलेका सांसदहरु भूतपूर्व भईसकेका छन् ।

यस्तोमा अध्यादेशमार्फत् शासन गर्छु भनेर सोच्नुनै आफैंमा गलत हो । त्यसमाथि पनि चुनावको बेलामा नारा लगाउने गठबन्धन उसले के को लागि भोट मागेको भन्दा संविधानको रक्षा गर्नका लागि । के को लागिभन्दा प्रतिगमन विरुद्धको लागि भन्नु भएको उहाँहरुले । एमालेलाई हराउँदा प्रतिगमन हराएको हुने भन्ने । हामीले जित्ने भनेको संविधानले जित्ने हो भन्ने गठबन्धन । उहाँहरु संविधानको रक्षा गर्छुु भन्नेले नै संविधानको भावनालाई नै असर पार्ने गरी यो काम गर्नै हुँदैन थियो । त्यो मन्त्रीपरिषदले निर्णय गरेको छ भन्ने हामीले सुनेका छौं । राष्ट्रपति कहाँ पुगे, नपुगेको थाहा छैन । मिडियामा आएको छ । यो काम गर्नु नै गलत हो ।

पहिला जुनसुकै किसिमको होस् । पहिलो कुरा अहिले यतिखेर अध्यादेश नै ल्याउनु हुन्न । यो ल्याउनु आफैंमा गलत काम हो । यो तहको सरकारले अहिले यो ल्याउन मिल्दैन । यो असंवैधानिक हो । र, संविधान विरोधी काम हो यो । एमालेले यसरी नै बुझ्छ । दोस्रो विषय भनेको चाँही मनका एउटा राखेर बाहिर अर्को प्रचार गरेर पनि यस्तो ल्याउन हुँदैन ।

फौजदारी अभियोगको सन्दर्भमा यसको बारेमा यहाँले भन्नु भयो । मनमा चाँही इट्टाभट्टामा मान्छे पोलेर मारिएको आरोप लगेका मान्छेलाई निकाल्ने योजना बनाउने । बाहिर प्रचारमा चाँही सर्तमा रहेका, जेलभित्र रहेका राजनीतिकर्मीको नामा राख्ने हिसावले जुन गृहकार्य गर्न खोजिदैछ नि । यो अर्को षडयन्त्रपूर्ण काम हो जस्तो लाग्छ । त्यसकारण अपराध र राजनीतिलाई मिसाउने र अपराध र राजनीतिलाई उस्तैउस्तै हो ।

हात माथि पर्दा राजनीतिलाई अपराधिकरण गर्ने र अपराधलाई राजनीतिकरण गर्न सकिन्छ भन्ने जुन दृष्टान्त दिन खोजिराखेको छ गठबन्धनले । एमालेले यसलाई गलत ठान्छ । मत के भन्छु भने–चुनावको बेलामै हामीले भनेका थियौ–यो गठबन्धन यस्तै रहिरह्यो भने यो भन्दा धेरै नकारात्मक कुराहरु मुलुकले भोग्नु पर्छ । र, मुुलुकमा लोकतन्त्रप्रतिको वितृष्णा अझ बढेर जान्छ । यसको एमालेले विरोध गर्छ ।


क्लिकमान्डु