सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

बुधबार सुनको मूल्य स्थिर रही प्रतितोला ९९ हजार ३ सय रुपैयाँ कायम भएको थियो । बिहीबार प्रतितोला ४ सय रुपैयाँले बढेर ९९ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएकोमा बिहीबार १३ सय ६० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु