चोलेन्द्र सर्वोच्चमा फर्किने भएसँगै गेटमा कानून व्यवसायीहरुको धर्ना



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै नेपाल बार एसोसिएसनले बिरोध गरेको छ ।

जबरालाई सर्वोच्च प्रवेशमा रोक्न बारले मूल गेटमा धर्ना दिएको छ । बारका पदाधिकारीहरु धर्नामा बसेका हुन् ।

बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत सर्वोच्चको मूल गेटमा धर्नामा बसेका हुन् ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले बुधबार जबरालाई निलम्बन फुकुवाको पत्र दिएसँगै जबरा सर्वोच्च फर्कने तयारीमा छन् ।


क्लिकमान्डु