आईएफआईसीले नबिल बैंकमा रहेको संस्थापक सेयर बिक्री गर्ने



काठमाडौं । नबिल बैंकमा संस्थापक सेयर स्वामित्व रहेको इन्टरनेसनल फाइनान्स इन्भेष्टमेन्ट एन्ड कमर्स बैंक (आईएफआईसी)ले सबै सेयर बिक्री गर्ने भएको छ ।

आईएफआईसीले आफुसँग भएको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरमा बैंकका हाल कायम रहेका अन्य संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।

उक्त सेयर किन्न चाहनेले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय तीनधारा, विणामार्ग, दरबारमार्ग काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा कति सेयर खरिद गर्ने हो खुलाएर शिलबन्दी निवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।


क्लिकमान्डु