सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । बिहीबार छावावाला सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार ९९ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

साथै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १३ सय ३० रुपैयाँ कायम भएकोमा शुक्रबार १३ सय ४५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु