सुकुम्बासी बस्तीमा महानगर प्रहरीमाथि आक्रमण गर्ने ४ जनालाई पक्राउ गर्न निर्देशन



काठमाडौं । काठमाडौं महानगरका प्रहरीमाथि सांघातिक आक्रमण गर्ने ४ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ ।

सोमबार काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीका अनधिकृत संरचना खाली गराउन भन्दै डोजरसहित गएको महानगरको टीलीमाथि आक्रमण भएको थियो ।

घरेलु हातहतियारसहितको टोलीले नगरप्रहरीमाथि आक्रमण गरेको भन्दै सोही दिन महानगरले काठमाडौं प्रहरी परिसर टेकुमा उजुरी दिएको थियो भने घटनाबारे महानगरले जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराएको थियो ।

बुधबार जिल्ला प्रशासन कार्यालयले नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा हुकुमबहादुर लामा, नारायण परिश्रमी, दीपकजंग कुँवर र राजु तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएको हो ।

उनीहरूमाथि नगर प्रहरी प्रमुख राजु पाण्डेसहति १८ जनालाई हातहतियार प्रयोग गरी बन्धक बनाएर आक्रमण गरी घाइते बनाएको आरोपमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।


क्लिकमान्डु