गणपति लघुवित्त वित्तीय संस्थाले माग्यो तीन पदका लागि कर्मचारी



काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले विभिन्न तीन पदका लागि कर्मचारी माग गरेको छ ।

लघुवित्तले कर्जा असुली अधिकृत, शाखा प्रबन्धक र पशिक्षार्थी सहायक पदका लागि कर्मचारी माग गरेको हो ।

लघुवित्तले कर्जा असुली पदका लागि एक जना कर्मचारी माग गरेको छ । प्रविणता प्रमणपत्र तह उत्तिर्ण गरेको, लघुवित्त वित्तीय संस्थाको कर्जा असुलीमा राम्रो अनुभव भएकोर कानूनमा स्नातक गरेको तथा कर्जा असुली विभागमा काम गरेका व्यक्तिलाई प्राथमिकता दिईने लघुवित्तले जानकारी दिएको छ ।

यस्तै, लघुवित्तले शाखा प्रबन्धक र पशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी माग गरेको । प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेको साथै लघुवित्त वित्तीय संस्थामा कम्तीमा ३ वर्ष कार्य गरेको र शाखा प्रबन्धक भई कार्य गरेका व्यक्तिले शाखा प्रबन्धक पदका लागि आवेदलन दिन सक्नेछन् ।

पशिक्षार्थी पदमा भने एलएलसी वा एसईई पास गरेको, कम्प्युटर सम्बन्धी ज्ञान भएको तथा ग्रामिण क्षेत्रमा गर्य कार्य गर्न इच्छुक, सवारी साधान र चालक अनुमति पत्र भएकालाई प्राथमिकता पाउनेछन् । लघुवित्तका अनुसार मंसिर २७ गते मंगलबारसम्म आवेदन दिन सकिने छ ।


क्लिकमान्डु