राष्ट्र बैंकले घटायो वाणिज्य, विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर



काठमाडौं । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर घटेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै घटाएको हो ।

नयाँ व्यवस्था अनुसार वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिनेछ ।

यसबाट बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरेको राष्ट्र बैंकले जनाएको छ । प्रिमियम सम्बन्धी व्यवस्थाको नियमित अनुगमन गर्ने जनाएको छ ।


क्लिकमान्डु