एनसीसी बैंकले किन बोलायो विशेष साधारणसभा ?



काठमाडौं । एनसीसी बैंकले विशेष साधारणसभा बोलाएको छ ।

एनसीसी बैंकले मंसिर २५ गते विशेष साधारणसभा बोलाएको छ । सभा अनमोल ब्याङक्वेट, शंखमुल, काठमाडौंमा दिउसो १ बजे हुनेछ ।

सभामा सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः१ सेयर स्वाप रेसियोमा मर्ज हुने प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने एजेन्डा रहेको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले विशेष साधारणसभाका लागि भन्दै मंसिर १५ गते बुक क्लोज गर्ने भएको छ ।

१४ गतेसम्म कायम रहेका सेयरधनी मात्रै सभामा भाग लिने पाउनेछन् । बैंकले सभाका लागि भन्दै एक दिन मात्रै बुक क्लोज गर्ने भएको हो ।


क्लिकमान्डु