दुई महिनापछि कुमारी बैंकको सेयर कारोबार फुकुवा



काठमाडौं । कुमारी बैंकको सेयर कारोबार फुकुवा भएको छ । एनसीसी बैंकसँग मर्जरको क्रममा रहेको बैंकको सेयर कारोबार दुई महिनापछि फुकुवा भएको छ ।

नेप्सेका अनुसार बैंकको सेयर कारोबार बिहीबारको निर्णय अनुसार फुकुवा भएको हो । नेप्सेका अनुसार धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका-२०७९ को दफा १३(१) बमोजिम गाभ्ने-गाभिने तथा प्राप्ति सम्बन्धी प्रकृयामा रही सेयर कारोबार रोक्का रहेको उक्त संगठित संस्थाको आधारभूत सेयरधनी बाहेकको सेयरधनीको सेयर कारोबार आजको निर्णय अनुसार फुकुवा गरिएको हो ।

बैंकको सेयर कारोबार ११ गतेदेखि बन्द भएको थियो । असोज १० गते मर्जरमा जाने सम्झौता भएसँगै ११ गतेबाट कारोबार रोक्का भएको थियो । एनसीसी र कुमारी बैंक १ः१ अनुपातमा मर्ज हुने भएको छ ।

दुई बैंक गाभिएर कुमारी बैंकको नाममा सञ्चालन हुनेछन् । चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ र कुल पुँजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुने छन्। कुमारीका रामचन्द्र खनाल बरिष्ठ डेपुटी सीइओ हुनेछन् ।


क्लिकमान्डु