काभ्रे २: एमालेका गोकुल बाँस्कोटाले कांग्रेसका शिव हुमागाईँलाई ११३६ मतले पछि पारे



काभ्रपलाञ्चोक । शुरुदेखि लगातार पछि पर्दै आएका एमालेका गोकुल बाँस्कोटाले पछिल्लो समय अग्रता लिएका छन् । बाँस्कोटाले कांग्रेसका उम्मेद्वार शिब हुमागाईँभन्दा ११३६ मत ल्याएका हुन् ।

पछिल्लो मत परिणामअनुसार बाँस्कोटाले २४१०८ मत ल्याएका छन् भने हुमागाईंले २२९७२ मत ल्याएका छन् ।

त्यस्तै, स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ६५८३ मत ल्याएका छन् ।


क्लिकमान्डु