धेरै कर तिर्ने नबिल बैंक सम्मानित



काठमाडौं । आन्तरिक राजस्व विभागले नबिल बैंकलाई आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर तिरेको भन्दै समान गरेको छ ।

राष्ट्रिय कर दिवसको अवसर विभागले बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानालाई उक्त सम्मानपत्र दिएको हो ।

बैंकले उक्त आर्थिक वर्षमा २ अर्ब ७९ करोड रुपैयाँ कर तिरेको छ । नबिल बैंक वित्तीय संस्थामा उच्च कर भुक्तानी गरेर सम्मानित भएको यो साताै पटक हो ।

नबिल हरेक तवरले अग्रणी स्थानमा रहेको बताउँदै सीईओ ढुंगानाले वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर दाखिला गरी राज्यको वृद्धि विकासमा टेवा पु¥याउन पाउँदा खुसी लागेको बताए ।

नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले २०७७/७८ सम्म राज्यलाई १८ अर्ब ३८ करोड रुपैयाँ कर बुझाएको छ । यो भनेको बैंकको तत्कालीन कुल पुँजीको १.३२ गुणा रकम हो ।

नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म नगद लाभांश १४ अर्ब ४५ करोड रुपैयाँ तथा १८ अर्ब ८ करोड बराबरको बोनश शेयर वितरण गरिसकेको छ ।


क्लिकमान्डु