समानुपातिका एमाले पहिलो बन्दा घण्टी चौथो, कसले कति मत पाए ?



काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ ।

अहिलेसम्म प्रतिनिधि सभाका १६५ मध्ये ४२ स्थानको नतिजा आएको छ । जसमा नेपाली कांग्रेस १९, नेकपा एमाले ७, राष्ट्रिय स्वतन्त्र पार्टी ४, माओवादी केन्द्र ३, एकीकृत समाजवादी २ स्थानमा जित निकाल्न सफल भएका छन् ।

राप्रपा, जसापा, नाउपा र लोसपाले १/१ स्थानमा जित निकालेका छन् । राष्ट्रिय जनमोर्चा र जनमत पार्टीले पनि एक/एक स्थानमा जित निकालेका छन् ।

प्रतिनिधि सभासँग समानुपातिक मतको गणना पनि जारी रहेको छ । राति सवा ढ बजेसम्मको निर्वाचन आयोगको तथ्यांक अनुसार समानुपातिक मतगणनामा भने नेकपा एमालेले अग्रता जारी राखेको छ । एमालेले ३ लाख १४ हजार १३१ मत पाएको छ।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ उसले २ लाख ९२ हजार ७ सय १८ मत पाएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ उसले १ लाख ५८ हजार ८ सय मत पाएको छ ।

चौथो स्थानमा रहेको माओवादी केन्द्रले १ लाख ४२ हजार ३५४ मत पाएको छ । पाँचौ स्थानमा राप्रपा रहेको छ उसले ८३ हजार २६४ मत पाएको छ ।

जनता समाजवादी पार्टीले ३० हजार ७४०, नेपाल मजदुर किसान पार्टीले २६ हजार ९७०,जनमत पार्टीले २२९७९, नेकपा एकीकृत समाजवादीले १८३०४ तथा नागरिक उन्मुक्ति पार्टीले १४८४८ मत पाएको छ ।


क्लिकमान्डु