शेखर कोइरालले लालबाबु पण्डितलाई २ हजार बढी मतले पछि पारे
काठमाडौं । मोरङ–६ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका शेखर कोइरालले मतान्तर बढाएका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितलाई २ हजार १६३ मतले पछि पारेका छन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार कोइरालले ११ हजार ११३ मत प्राप्त गरेको छ ।
उनले उक्त मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका लालबाबु पण्डितले ८ हजार ९५० मत पाएका छन् । उक्त निर्वाचन क्षेत्रमा अहिले पनि मतगणना जारी रहेको छ ।