काठमाडौं १ : प्रकाशमानको अग्रता, रविन्द्र पछिपछि



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ ।

सर्वाधिक चासोमा रहेको यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले शुरुवाती अग्रता बनाएका छन् । ११ बजेसम्मको मतगणना अपडेट अनुसार सिंहले ७ सय ५४ मत प्राप्त गरेर अग्रता लिइरहेका छन् ।

त्यस्तै दोस्रो स्थानमा राप्रपाका रविन्द्र मिश्र रहेका छन् । उनी ६ सय ८० मत प्राप्त गरेर दोस्रो स्थानमा छन् । एमालेका किरण पौडेलको ४ सय ९६ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

नेपाल सुशासन पार्टीका रमेश खरेलले १ सय २५ मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु