स्याङ्जामा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, हवाई फायर



पोखरा । स्याङ्जामा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । झडप नियन्त्रणका लागि प्रहरीले हवाइ फायर गरेको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका-१ को भानु माविको मतदान केन्द्रभित्र दुई पक्षका कार्यकर्ताबीच झडप भएको हो ।
झडपपछि मतदान स्थगित भएको छ ।

पुन:मतदान शुचारु गर्नेबाले सर्वदलीय बैठक बसिरहेको छ ।


क्लिकमान्डु