सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको थियो । आइतबार ६ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ कायम भएकोमा आइतबार ५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु