डीभी भर्ने आज अन्तिम दिन, राति पौने ११ बजेसम्म भर्न सकिने



काठमाडौं । सन् २०२४ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) को आवेदन दिने आज अन्तिम दिन रहेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

मंगलबार राजदूतावासले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै डिभी २०२४ को लागि आवेदन दिने अन्तिम दिन रहेको जनाएको छ ।

दूतावासले भनेको छ, ‘आज नेपाली समयअनुसार रातिको १०:४५ बजेबाट डीभी २०२४ को आवेदन बन्द हुनेछ ।’

यसपटक डीभी भरेकाले भने फेरि भर्न नमिल्ने र भरेको खण्डमा स्वत: अयोग्य ठहरिने राजदूतावासले जनाएको छ ।

एक जनाले एक पटकको डीभी कार्यक्रममा एक आवेदन मात्रै दिन मिल्छ र कसैले आवेदन एक पटकभन्दा बढी प्रविष्ट गरिएको छ स्वत: अयोग्य ठहरिने दूतावासले जनाएको छ ।

dvprogram.state.gov मा गएर नि:शुल्क आवेदन दिने सकिने छ ।


क्लिकमान्डु