सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो, चाँदीको स्थिर



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला ३ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएकोमा मंगलबार ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएकोमा मंगलबार पनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु