बम्पर लाभांश घोषणा गरेलगत्तै जाल्पा सामुदायिकको सेयर मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । आइतबार बम्पर लाभांश घोषणा गरेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ७६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ७ र नगद ३.८४ प्रतिशत रहेको छ ।

कम्पनीले उक्त लाभांश घोषणा गरेकी दिन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको सेयर बिक्री गर्ने कोही नहुँदा किन्नेको भिड लागेको छ ।

यो समाचार तयार पार्दासम्म लाभांश घोषणा भएकै दिन कम्पनीको सेयर मूल्य ३०९ रुपैयाँ ९० पैसा अर्थात १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य ३०९ रुपैयाँ ९० पैसाले बढेर प्रतिकित्ता ३४०८ रुपैयाँ ९० पैसा रहेको छ ।


क्लिकमान्डु