एभरेष्ट बैंकले दिने भयो तीन वर्ष यताकै धेरै लाभांश, बोनस र नगद कति ?



काठमाडौं । एभरेष्ट बैैंकले तीन वर्ष यता कै धेरै लाभांश घोषणा गरेको छ ।

बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले २०.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट उक्त लाभांश घोषणा गरको हो । जसमा बोनस १३ प्रतिशत र कर सहित ७.६८ प्रतिशत नगद लाभांश रहेको छ ।

बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

बैंकले यसअघि आव २०७६/०७७ मा १०.५३ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस ५ र नगद ५.५३ प्रतिशत रहेको थियो । यस्तै
आव २०७७/०७८ मा १०.३२ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस ६ र नगद ४.३२ प्रतिशत रहेको थियो ।


क्लिकमान्डु