जाल्पा सामुदायिक लघुवित्तले ७७ प्रतिशत लाभांश दिने



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ७७.८४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

शनिबार बसेको संस्थाको सञ्चालक समितको १९ औं बैठले २०७८/७९ सम्म सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । त्यस्तै वोनस सेयर तथा चुक्ता पुँजीकै ३.८४ प्रतिशत नगद लाभंस दिने भएको छ ।

लघुवित्तको चुक्ता पुँजी अहिले १६ करोड रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाको चौथो वार्षिक साधारणसभाबाट स्वीकृत तथा पारित भएपछि सेयरधनीहरुमा वितरण गरिने संस्थाले जनाएको छ ।


क्लिकमान्डु