मौलायो हुण्डीको कारोबार, बिशालबजारबाट २ भारतीयसहित तीन जना पक्राउ



काठमाडौं । काठमाडौं बिशालबाजारस्थित अनुज सेन्टर र न्युरोड खिचापोखरीस्थित जय दुर्गा ट्रेड ईन्टरनेशनलबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत नयाँदिल्ली ठेगाना भई काठमाडौं ठमेल बस्ने ५० वर्षीय कमल कान्त कुल्थिया, सप्तरी राजविराज ठेगाना भई काठमाडौं नक्साल बस्ने ६७ वर्षीय निर्मल कुमार अग्रवाल र भारत राजस्थान ठेगाना भई काठमाडौं ताहाचल बस्ने ५५ वर्षीय किशन गोपाल रहेका छन् ।

उनीहरुले नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश-निर्देशन विपरीत वित्तिय कारोवार (हुण्डी) गर्दै आएको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुको साथबाट ३१ लाख ८१ हजार ३ सय ८५ रूपैयाँ र व्यक्ति तथा संस्थाको नाममा काटिएको बैंक चेक सहित फेला पारेको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक कानुनी कारवाहीको जिल्ला प्रहरी परिसर टेकु पठाइएको बताइएको छ ।


क्लिकमान्डु