५ वर्ष यताकै धेरै लाभांश घोषणा गरेको यूनिलिभरको सेयर मूल्य एकैदिन १२ सयले बढ्यो



काठमाडौं । यूनिलिभर नेपाल लिमिटेड कम्पनीले आज ५ वर्ष यताकै धेरै लाभांश घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट यूनिलिभरले १२१५ रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको हो । यो लाभांश ५ आर्थिक वर्ष यताकै सबैभन्दा बढी हो ।

५ वर्ष यताकै सार्वधिक लाभांश घोषणा गरेको दिन कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ । आज एकैदिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२०० सय रुपैयाँले बढेको हो । अर्थात् कम्पनीको सेयर मूल्य ६.५६ प्रतिशतले बढेको हो ।

प्रतिकित्ता १८६६६ रुपैयाँबाट सुरु भएको यस कम्पनीको सेयर कारोबार १९५०० रुपैयाँमा बन्द भएको हो ।

आज कम्पनीको ३८० कित्ता सेयर किनबेच भयो । कम्पनीको सेयर मूल्य आज १९ हजार ९९९ सय रुपैयाँसम्म पुगेको थियो ।
हिजो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८ हजार ३०० रुपैयाँमा कारोबार बन्द भएको थियो ।

नेप्सेमा कम्पनीको ९ लाख २० हजार ७०० कित्ता सेयर सूचीकृत छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार आज नेप्से १६.१४ अंकले घटेर एक हजार ९ सय २२ दशमलब १६ बिन्दुमा बन्द भएको छ ।

कम्पनीले लाभांश प्रयोजनका लागि मंसिर ४ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार मंसिर ३ गतेसम्म नेप्सेमा कायम रहेका लगानीकर्ताले कम्पनीले घोषणा गरेको उक्त लाभांश पाउनेछन् ।

कम्पनीले घोषणा गरेको उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

कम्पनीले यस अघि आर्थिक वर्ष २०७३/०७४ मा १२७० रुपैयाँ नगद लाभांश दिएको थियो ।


क्लिकमान्डु