तरलता अभाव हटाउन राष्ट्र बैंकले विदेशबाट कोष ल्याउन सहयोग गर्नुपर्छ: उपेन्द्र पौडेल



काठमाडौं । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले अहिले बैंकिङ प्रणालिमा देखिएको तरलता अभाव हटाउन राष्ट्र बैंकले विदेशबाट फन्ड ल्याउन सहयोग गर्नु पर्ने बताएका छन् ।

अध्यक्ष पौडेलले राष्ट्र बैंकले बाहिरबाट फन्ड ल्याउन सहयोग गरे क्रमिकरुपमा तरलता सहज बन्दै जाने धारणा राखे ।

बिहीबार नेपालको वर्तमान आर्थिक अवस्था र सुधारका निम्ति सञ्चारकर्मीले खेल्नुपर्ने भूमिका विषयक अन्तरक्रिया अध्यक्ष पौडेलले वैदेशिक मुद्रा बढाउन बिप्रेषणमा मात्रै भर पर्नुभन्दा पनि निर्यातमा जोड दिनुपर्ने बताए ।

त्यसको गर्न सकिए विदेशी विनिमय सञ्चिति बढ्ने र देश विकास हुन समय नलाग्ने उनको भनाइ छ ।

विश्व अर्थतन्त्रमा परेको प्रभावको असर नेपालमा पनि परेको उनले बताए । तर,श्रीलंकासँग नेपालको अर्थतन्त्रको तुलना गर्न आवश्यक नरहेको उनको भनाइ थियो । खाद्यान्न, उर्जा र सुरक्षा बलियो हुने हो भने नेपाल तत्काल श्रीलंकाको अवस्थामा नपुग्ने उनले बताए ।

सरकार र निजी क्षेत्रले कृषि क्षेत्रलाई मजबुत बनाएर लैजान आवश्यक रहेको बताउँदै उनले कृषिलाई माथि लैजान अनुदान आवश्यक र एक तहमा पुगेपछि घटाउन सकिने पौडेलले बताए ।

बैकिङ क्षेत्र बलियो बन्दै जाँदा नयाँ उद्यमी बढ्न थालेको र अबको दिनमा रोजगारी बढ्ने क्षेत्रमा बैंकको लागनी आवश्यक रहेको उनको धारणा थियो ।


क्लिकमान्डु