राष्ट्र बैंकले २२ करोड ६६ लाख मुद्दति निक्षेपमा लगानी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा भएको २२ करोड ६६ लाख रुपैयाँ पैसा लगानी गर्ने भएको छ ।

बैंकले वाणिज्य बैंकमा १८ करोड १४ लाख, राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड ३९ लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड १३ लाख सहित २२ करोड ६६ लाख रुपैयाँ पैसा लगानी गर्न लागेको हो ।

उक्त रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले उक्त रकमका लागि प्रस्तावित ब्याजदर खुलाई फारम भर्न भनेको छ । उक्त रकमको अवधि २०७९ मंसिर २ देखि २०८० मंसिर २ गतेसम्म ३६६ दिनका लागि मुद्दति निक्षेपमा राख्ने भएको छ ।
उक्त रकम लिनका लागि कात्तिक २२ गते राति १२ बजेसम्म जानकारी गराइसक्नुपर्ने छ ।


क्लिकमान्डु