नेशनल लाइफको वार्षिक साधारणसभा मंसिर १८ गते, बुक क्लोज कहिले ?



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले ३४ औं वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले मंसिर १८ गतेका लागि उक्त साभा बोलाएको हो ।

इन्स्योरेन्सको कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले साभाको मिति तय गरेको हो ।

सभा इन्स्योरेन्सको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान साढे १० बजेदेखि शुरु हुने इन्स्योरेन्सले जनाएको छ ।
सभाले हाल कायम रहेको चुक्ता पुँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार १५२ रुपैयाँको १५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ३ करोड १८ लाख ५६ हजार ५१२ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु समेत अनुमोदन गर्ने छ ।

यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गरेको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को वासलात, आय–व्यय हिसाब, नाफा(नोक्सान हिसाब एवम् लेखापरीक्षको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने तथा सञ्चालक समितिको बैठक भत्ता तथा सुविधा लगायतका प्रस्ताव समेत अनुमादेख गर्ने छ ।

साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सले मंसिर ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । मंसिर ७ गतेसम्म नेप्सेकमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।


क्लिकमान्डु