स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, बोनस नदिने, नगद कति ?



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयर लगानीकर्तालाई लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई नगद मात्रै लाभांश दिने भएको छ ।

बैंकको आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १६.५१ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको छ । यो बर्ष बैकले बोनस सेयर नदिने भएको छ ।

बैंकका अनुसार उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु