कांग्रेसको प्रतिबद्धता: ६८ वर्षमा वृद्धभत्ता, ५ वर्षभित्र ६५ मा दिइने



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्रमा ६५ वर्षमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

मंसिर ४ मा हुने संघीय निर्वाचनको प्रतिवद्धता पत्र सार्वजनिक गर्दै कांग्रेसले ६८ वर्ष माथिका सबै जेष्ठ नागरिकलाई जेष्ठ नागरिक भत्ता उपलब्ध गराउने जनाएको छ ।

प्रतिवद्धता सार्वजनिक कार्यक्रममा नेताहरुले ६८ वर्ष उमेरलाई क्रमश घटाउँदै पाँच वर्षभित्रमा ६५ वर्षभित्र भत्ता उपलव्ध गराउने जनाएको हो ।

एकीकृत सामाजिक सुरक्षा: कोखदेखि शोकसम्म शीर्षकमा कांग्रेसले प्रजनन स्वास्थ्य र अधिकारदेखि मृत्यु संस्कारसम्मलाई समेटेको छ ।

कांग्रेसले विपन्न आर्थिक अवस्था भएका नागरिकको मृत्यु हुँदा मृत्यु संस्कार खर्च १० हजार स्थानीय सरकारमार्फत उपलब्ध गराउने जनाएको छ ।


क्लिकमान्डु