५६ प्रतिशतले बढ्यो निफ्राको नाफा



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ३७ करोड ८६ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५६.४६ प्रतिशतले बढी हो ।

अघिल्लो आवको असोज मसान्तसम्ममा बैंकले २४ करोड २० लाख २७ हाजर रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५८.६१ प्रतिशत बढेर ६५ करोड ५७ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिको तुलनामा बैंकको सञ्चालन मुनाफा ५६.४६ प्रतिशत ५४ करोड ९ लाख ७० हजार रुपैयाँ पुगेको छ ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ११ करोड २० लाख १४ हजार रुपैयाँ सञ्चित छ ।

यस अवधिमा बैंकले ३९ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले १७ अर्ब ८१ करोड ६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिसेयर आम्दानी ७ रुपैयाँ १ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ७८ पैसा रहेको छ ।


क्लिकमान्डु