नाफा ६.९५ प्रतिशतले बढाएको ग्लोबल आइएमई बैंकको प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ग्लोबल आइएमई बैैंकको नाफा ६.९५ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको तीन महिनामा बैंकले १ अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेकामा चालु आवको सोही अवधिमा नाफा ६.९५ प्रतिशतले बढेर १ अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।

चालु आवको पहिलो तीन महिनामा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको सुधारले नाफा बढाउन सहयोग गरेको छ । असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २० करोड २७ लाख ४ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३३ करोड ८९ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।

यस्तै सञ्चालन मुनाफा १ अर्ब ५५ करोड ५६ लाख ६३ हजार रुपैयाँबाट बढेर १ अर्ब ६९ करोड ८७ हजार रुपैयाँ पुगेको छ ।
२३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ५९ करोड ४२ लाख ३१ हजार रुपैयाँ रहेको छ ।

२ खर्ब ७९ अर्ब ८६ करोड ९७ लाख २३ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ६१ अर्ब ५६ करोड ८६ लाख ५६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा १.६२ प्रतिशतबाट बढेर २.१० प्रतिशत पुगेको छ । २० रुपैयाँ प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ २६ पैसा रहेको छ ।


क्लिकमान्डु