सानिमा बैंकले १०.९८ प्रतिशत लाभांश दिने,बोनस कति ?



काठमाडौं । सानिमा बैंकले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको ४ गते बसेको सञ्चालक समितिको बैठकले १०.९८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/*०७९ को नाफाबाट बैंकले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु