असोजमा बैंकहरुको बिजनेश: निक्षेपमा नबिल, कर्जामा नेपाल इन्भेष्टमेन्ट अगाडि, कुनको कति ?



काठमाडौं । असोज महिनामा वाणिज्य बैंकहरुको बिजनेश बढेको छ । सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकको निक्षेप ६१ अर्ब ६४ करोड रुपैयाँले बढ्दा कर्जा लगानी ३० अर्ब ४ करोड रुपैयाँले बढेको हो ।

बैंकमा लगानीयोग्य रकम (तरलता)अभाव भएको समयमा पनि वाणिज्य बैंकले निक्षेप उठाउने क्रमसँगै कर्जा विस्तारै बढाएका छन् ।

नेपाल बैंकर्स संघकाअनुसार असोजमा वाणिज्य बैंकहरुको निक्षेप ६१ अर्ब ६४ करोड रुपैयाँले बढेर ४५ खर्ब ४७ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । भदौमा वाणिज्य बैंकहरुको निक्षेप ४४ खर्ब ८५ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।

असोज महिनामा २१ वटा बैंकले निक्षेप बढाउँदा ५ वटा बैंकको भने घटेको छ । असोजमा महिनामा नबिल बैंकले सबैभन्दा बढी निक्षेप बढाएको छ ।

बैंकको निक्षेप ७ अर्ब ९७ करोड रुपैयाँले बढेको हो । यस्तै धेरै निक्षेप बढाउने दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । इन्भेष्टमेन्ट बैंकको निक्षेप ७ अर्ब २० करोड रुपैयाँले निक्षेप बढेको छ ।

संघका अनुसार कृषि विकास बैंकको २ अर्ब ५८ करोड, बैंक अफ काठमाण्डूको १ अर्ब ४ करोड, सेञ्चुरी बैंकको २ अर्ब २ करोड, सिटिजन्स बैंकको ४ अर्ब ४७ करोड, सिभिल बैंकको निक्षेप १ अर्ब ७५ करोड रुपैयाँले बढेको छ ।

संघकाअनुसार ग्लोबल आइएमई बैंकको ६ अर्ब २८ करोड, हिमालयन बैंकको ३ अर्ब ४२ करोड, लक्ष्मी बैंकको ४७ करोड, माछापुच्छे« बैंकको २ अर्ब ३४ करोड, मेगा बैंकले १ अर्ब ८६ करोड, नेपाल बैंकको २ अर्ब ९६ करोड, एनसीसी बैंकको २ अर्ब ५३ करोड, नेपाल एसबीआई बैंकको निक्षेप २ अर्ब ३५ करोड रुपैयाँले बढेको छ ।

यस्तै प्रभु बैंकको निक्षेप ५ अर्ब ३ करोड, प्राइम बैंकको १ अर्ब ८ करोड, राष्ट्रिय वाणिज्य बैंकको ४ अर्ब ५७ करोड, सानिमा बैंकको १ अर्ब ७८ करोड, स्टयान्डर्ड चार्टर्ड बैंकको ४ अर्ब ३१ करोड र सिद्धार्थ बैंकको निक्षेप १ अर्ब ७५ करोड रुपैयाँले बढेको संघले जनाएको छ ।

असोजमा एभरेष्ट बैंकको १५ करोड, कुमारी बैंकको ७३ करोड, एनआईसी एशिया बैंकको ७४ करोड, एनएमबी बैंकको १ अर्ब ६५ करोड र सनराइज बैंकको निक्षेप २ अर्ब ८६ करोड रुपैयाँले निक्षेप घटेको छ ।

असोजमा २० बैंकले बढाए कर्जा, ६ बैंकले घटाए

असोज महिनामा २० वटा बैंकहरुले ३० अर्ब ४ करोड रुपैयाँले कर्जा बढाएका छन् । ६ वटा बैंकको कर्जा भने घटेको छ । असोजमा सबैभन्दा बढी कर्जा बढाउनेमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ७९ करोड रुपैयाँले कर्जा बढाएको छ । यस्तै नबिल बैंकको २ अर्ब ९६ करोड, हिमालयन बैंकको २ अर्ब ८४ करोड रुपैयाँले कर्जा बढेको छ ।

असोजमा कृषि विकास बैंकको ९२ करोड, बैंक अफ काठमाण्डूको ९९ करोड, सेञ्चुरी बैंकको ३२, सिटिजन्स बैंकको १ अर्ब ९० करोड, सिभिल बैंकको ९५ करोड, एभरेष्ट बैंकको कर्जा १ अर्ब २७ करोड रुपैयाँले कर्जा बढेको छ ।

यस्तै असोजसम्म कुमारी बैंकको २ अर्ब ४२ करोड, माछापुच्छे« बैंकको ७९ करोड, मेगा बैंकको २ अर्ब ७९ करोड, एनसीसी बैंकको ३९ करोड, एनआईसी एशिया बैंकको १ अर्ब ८० करोड, एनएमबि बैंकको १ अर्ब १ करोड, प्रभु बैंकको कर्जा २ अर्ब २७ करोड रुपैयाँले बढेको छ ।

यस्तै प्राइम बैंकको १ अर्ब ४४ करोड, सानिमा बैंकको २९ करोड र सिद्धार्थ बैंकको कर्जा ५४ करोड रुपैयाँले बढेको छ ।

असोज मसान्तसम्म ग्लोबल आइएमई बैंकको ४४ करोड, लक्ष्मी बैंकको ९१ करोड, नेपाल बैंकको १९ करोड, राष्ट्रिय वाणिज्य बैंकको ३२ करोड, स्टयान्डर्ड चार्टर्ड बैंकको १२ र सनराइज बैंकको कर्जा प्रवाह ४४ करोड रुपैयाँले घटेको छ ।


क्लिकमान्डु