एनएमबि बैंकलाई १० करोड अमेरिकी डलरको ऋण स्वीकृत



काठमाडौं । यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डीएफसी) ले नेपालमा साना तथा मझौला व्यवसाय कर्जाहरूको वित्तीय आवश्यकता पूरा गर्न एनएमबि बैंकलाई १० करोड अमेरिकी डलर बैदेशिक ऋण स्वीकृत गरेको छ ।

डीएफसी अमेरिकी सरकारको विभिन्न देशका निजी क्षेत्रसँग साझेदारी गरी विकासशील देशले सामना गरिरहेको चुनौतीहरूको समाधानको लागि ऊर्जा, स्वास्थ्य सेवा, पूर्वाधार र प्रविधिलगायत क्षेत्रमा वित्तीय लगानी गर्दै आइरहेको संस्था हो ।

एनएमबि बैंक र डीएफसीबीचको साझेदारीले नेपालको साना तथा मझौला व्यवसायलाई उद्यमशीलता मार्फत आत्मनिर्भरताको लागी महिलाहरूलाई प्राथमिकतामा राखेर नयाँ अवसरहरू सिर्जना गर्न बैंकले मद्दत गर्नेछ ।

एनएमबि बैंक उत्पादनशील र प्राथमिकता क्षेत्रमा अन्तर्राष्ट्रिय ऋण लगानी भित्र्याउने नेपालको पहिलो बैंक हो । हालको बैंकिङ्ग तरलताको परिदृश्यमा, यसरी देशमा भित्रिने वाह्य वित्तीय श्रोतले देशकै आवश्यकता अनुरुप उत्पादनमुलक तथा प्राथमिकताको क्षेत्रमा लगानी बढाउन बैंकले विश्वास लिएको जनाएको छ ।

एनएमबि बैंकले जलविद्युत, नवीकरणीय ऊर्जा, कृषि तथा साना तथा मझौला उद्योगमा ऋण पूंजीको लागी डीएफसीसहित हालसम्म नौ डेभलपमेण्ट फाईनान्सियल ईन्सिटच्युसनबाट कुल ३०१.५० मिलियन अमेरिकी डलर ऋण भित्र्याईसकेको जनाएको छ ।


क्लिकमान्डु