दिवालीको अवसरमा भारतीय प्रधानमन्त्री मोदीले ७५ हजार युवालाई सरकारी जागिर दिने



एजेन्सी । दिवालीको अवसरमा भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले ७५ हजार युवालाई सरकारी जागिर दिने भएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले शनिबार उनीहरुलाई नियुक्तिपत्र बाँड्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अलग-अलग भर्ती प्रक्रियाबाट केन्द्र सरकारका विभिन्न मन्त्रालय, विभाग एवं संगठनमा घोषित रिक्त स्थानका लागि उनीहरुलाई चयन गरिएको र यी उम्मेदवारलाई मोदीले भिडियो कन्फरेन्सको माध्यमबाट नियुक्तिपत्र दिने जनाइएको छ ।

मिडिया रिपोर्ट्सका अनुसार, चयन भएका ७५ हजार बढी महिला र पुरुष उम्मेदवारलाई रक्षा, रेल, गृह, श्रम, रोजगार मन्त्रालय, डाक विभाग, केंद्रीय औद्योगिक सुरक्षा बल (सीआइएसएफ), केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई), कस्टम, बैंकिंग भर्ती गरिने छ ।

उक्त कार्यक्रममा विभिन्न केन्द्रीय मन्त्री अनलाइन जोडिने छन् । ७५ हजार सरकारी नोकरी मोदीको दिवाली उपहार अन्तर्गत रहेको समाचारमा जनाइएको छ ।


क्लिकमान्डु