विद्युतिय गाडी उत्पादनका लागि बीएमडब्ल्यूले अमेरिकामा १.७ बिलियन लगानी गर्दै



एजेन्सी । बीएमडब्ल्यू ग्रुपले विद्युतीय गाडी र त्यसका लागि आवश्यक ब्याट्रीको निर्माणका लागि अमेरिकामा १.७ बिलियन अमेरिकी डलरको लगानी गर्ने घोषणा गरेको छ ।

कम्पनीले बुधबार अमेरिकामा सञ्चालन हुने आफ्नो बजारका लागि यो लगानी गर्न लागेको बताएको हो ।

कम्पनीकाअनुसार १ बिलियन अमेरिकी डलर दक्षिण क्यालिफोर्नियामा रहेको आफ्नो उद्योगमा लगानी हुनेछ । विद्युतीय गाडीको उत्पादनका लागि उक्त रकम लगानी गरिनेछ ।

सँगै बाँकी ७ सय मिलियन अमेरिकी डलर रकम भने बुडरुफ क्षेत्र नजिकै रहेको ब्याट्रीको कारखानाका लागि लगानी हुनेछ ।

बिएमडब्ल्युले हालसम्म गरेको घोषणाकाअनुसार कम्पनीले सन् २०३० सम्ममा ६ वटा पूर्ण रुपमा विद्युतबाट सञ्चालन हुने गाडी तयार गर्ने बताएको छ ।

यसअघि पनि कमपनीले अमेरिकाकै केन्टकी क्षेत्रमा आफ्नो दोस्रो कारखाना निर्माणका लागि २ बिलियन लगानी गर्ने घोषणा गरेको थियो ।

कम्पनीले आफूले निर्माण गर्ने विद्युतीय गाडीहरुका लागि आवश्यक ब्याट्रीहरु चीन र युरोप क्षेत्रमा निर्माण गर्ने बताएको छ ।


क्लिकमान्डु