अमेरिकी प्रतिबन्धका कारण चीनको राजस्वमा असर



एजेन्सी । पछिल्ला दिनहरुमा अमेरिकाले चीनमा बन्ने सूचना प्रविधिसँग सम्बन्धित चीपहरुको निर्यातमा कडाइ गरिरहेको छ ।

अमेरिकाले गरिरहेको कडाइका कारण चीनले सन् २०२३ मा २.५ बिलियन अमेरिकी डलरसम्मको राजस्वमा कमी भोग्न सक्ने देखिएको छ ।

‘ल्याम रिसर्च कर्प’ले गरेको एक अनुसन्धानबाट चीनलाई अमेरिकी प्रतिबन्धका कारण राजस्वमा निकै ठूलो असर भोग्नु पर्ने देखिएको हो । अनुसन्धान गरेको कम्पनीले बुधबार चीनमा २ बिलियनदेखि २.५ बिलियन अमेरिकी डलरसम्मको राजस्व कमी हुनसक्ने बताएको छ ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनको सरकारले यो महिनाको सुरुवातमा चिनियाँ चिप निर्माता कम्पनीहरुले इजाजत पत्र प्राप्त नगरेसम्म उत्पादनलाई आपूर्ति नगर्ने र आपूर्ति गर्ने कम्पनीले पनि इजाजत पत्र लिनुपर्ने भन्दै निर्यातमा कडाइ गरेको थियो ।

अमेरिकी प्रशासनको यस्तो व्यवस्थासँगै चीनबाट अमेरिकामा आयात हुने धेरै चिपहरुको व्यापार घटेको पनि छ ।
चीनमा वर्षेनी सैयौं बिलियन बराबरको चीपहरु उत्पादन हुने गर्छन्, जसको खपत मुख्य गरि विश्व बजारमा नै हुने गर्छ ।

अन्तराष्ट्रिय कम्पनीहरुले चिनियाँ बजारमा सस्तोमा चिपहरुको उत्पादन गरेर त्यसलाई निर्यात गर्दै आफ्ना उत्पादनहरुलाई बजारमा ल्याउने गरेका छन् । तर, अमेरिकी सरकारको कडाइसँगै यसमा समस्या भइरहेको छ ।

अनुसन्धानमार्फत चीनमा राजस्वमा पर्ने असरसँगै विश्वबजारमा पनि सूचना प्रविधिका उपकरणहरुको मूल्य पनि बढ्न सक्ने बताइएको छ ।

चीनमा उत्पादन भएका चिपहरु आयात गर्न नपाउँदा र सिमित संख्यामा मात्रै अन्य क्षेत्रमा उद्योगहरु संञ्चालनमा रहेका कारण विश्वबजारमा सुचनाप्रविधिसँग जोडिएका उपकरणहरुको मूल्य बढ्न सक्ने बताइएको छ ।


क्लिकमान्डु