नारायणी नदीमाथि आकर्षक ‘सिग्नेचर ब्रिज’ बन्ने, ठेक्का आह्वान



फाइल तस्बिर

काठमाडौं । नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बनाउन ठेक्का आह्वान भएको छ ।

चितवन र नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमा यो पुल निर्माणका लागि ठेक्का आह्वान गरिएको हो ।

सडक विभागअन्तर्गत पुल महाशाखाले बुधबार पुल निर्माणका लागि ठेक्का आह्वान गरेको छ । डिजाइन र निर्माण गर्नेगरी ठेक्का आह्वान गरिएको हो ।

५ सय मिटर लामो हुने यो पुललाई आकर्षक तथा कलात्मक रुपमा निर्माण गर्न लागिएको हो ।

हाल सञ्चालनमा रहेको चितवन नवलपरासी जोड्ने ४६० मिटर पुलभन्दा ४० मिटर लामो हुने यो नयाँ पुल अत्याधुनिक प्रविधिबाट बनाइने बताइएको छ ।

सडक विभागअन्तर्गतको पुल महाशाखाले ठेक्का आह्वान गरेको यो पुल पर्यटकीय आकर्षणका रुपमा पनि निर्माण गरिने बताइएको छ ।

पुललाई दिउँसो मात्रै नभएर रातिको समयमा पनि आकर्षक देखाउन विभिन्न किसिमका बत्तीहरुले सजाउने महाशाखाका अधिकारीहरुले बताएका छन् ।


क्लिकमान्डु