प्रचण्ड पत्नी सीता अस्पताल भर्ना, आईसीयूमा उपचार हुँदै



फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । सीतालाई बुधबार ललितपुरस्थित मेडिसिटी अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेको छ ।

बुधबार माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश समितिको निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रचण्ड पत्नी सीतालाई अस्पताल लगिएको जानकारी दिएका हुन् ।

‘आज अध्यक्ष कमरेड तपाईंहरू समक्ष उपस्थित हुन सक्नुभएन र अब सक्नुहुन्न । अहिले हाम्रो पार्टीको केन्द्रीय सल्लाहकार कमरेड सीता दाहाल अहिले यहाँ आउनुभन्दा केही अगाडि हस्पिटल लैजानुपर्ने आपतकालीन अवस्थाका कारणले उहाँलाई हस्पिटल लगिएको छ । मेडिसिटी हस्पिटलको आइसीयूमा हुनुहुन्छ’, श्रेष्ठले भने ।

केही समययता सीता अस्वस्थ छिन् । उनलाई भारत, अमेरिका लगायतका देशमा उपचारका लागि लगिए पनि अवस्थामा सुधार आउन सकेको छैन ।


क्लिकमान्डु