धनतेरसका दिन एनआईबीएलमा लगानी गर्नेलाई आधा तोला सुन उपहार पाउने अवसर



काठमाडौं । एनआईबीएल एस क्यापिटलले धनतेरसको उपलक्ष्यमा धनतेरस अफर अन्तर्गत लगानीकर्ताहरुहलाई आफ्नो समृद्धिका लागी सोहि दिन पारी लगानी गर्न सक्ने अवसर जुराएको जनाएको छ ।

लगानीको लागि शुभ दिन मानिने धनतेरस यस बर्ष कार्तिक ५ गते शनिवार परेको छ ।

सो अवसरमा धितोपत्र बजारमा लगानी गर्न चाहने लगानीकर्ताहरुले लगानीका लागि अन्य कुनै विकल्प नहुँदा एनआईबीएल सहभागिता फण्डमा लगानी गरी लाभ प्राप्त गर्न सकिने गरी सोहि दिन बिहान ११ बजे देखि अपरान्ह ५ बजे सम्मका लागी बिशेष कारोबार सत्र संचालन हुने गरी एनआईबीएल एस क्यापिटलले व्यवस्था मिलाएको जनाएको छ ।

साथै, सो अफर अन्तर्गत १० हजार रुपैयाँ वा सो भन्दाबढी बराबरका एनआईबीएल सहभागिता फण्डको इकाई खरिद गर्ने लगानीकर्ताहरुका लागी सुन र चाँदीको सिक्का उपहार स्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस अफर अन्र्तगत ३० हजार वा सो भन्दा बढी बराबर लगानी गर्ने १ जना लगानीकर्तालाई आधा तोला सुनको सिक्का र ५ भाग्यशाली लगानीकर्ताहरुलाई २ तोलाको चाँदीको सिक्का उपहार स्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ ।

१० हजारदेखि ३० हजार रुपैयाँ सम्मको लगानी गर्ने ५ भाग्यशाली लगानीकर्ताहरुलाई समेत २ तोला चाँदीको सिक्का उपहार स्वरुप प्रदान गरिने जनाइएको छ । विजेताहरुको चयन फेसबुक लाईभ गरी गोलाप्रथा मार्फत गरिने जनाइएको छ ।

धनतरेसको दिन पारी एनआईबिएल सहभागिता फण्डमा लगानी गर्न ईच्छुक लगानीकर्ताहरुले सोहि दिन एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालयहरु तथा यस फण्डको अनलाईन प्रणालीमार्फत योजनाको इकाई खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु