प्रधानमन्त्री बन्नका लागि सबै किसिमले योग्य छु : प्रकाशमान सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको बताएका छन् ।

आगामी निर्वाचनमा जित हात पार्ने आफ्नो पहिलो लक्ष्य रहेको र नेपाली कांग्रेसको संसदीय नेतामा चुनिएपछि प्रधानमन्त्री बनेर देश चलाउन आफू हरकिसिमबाट योग्य रहेको बताएका छन् ।

नेता सिंहले आफूले पार्टीका तल्लो स्तरका कमिटीदेखि महामन्त्रीसम्म बनेर पार्टी सञ्चालन गरिसकेको उल्लेख गर्दै सरकारको नेतृत्व गर्न आफू कमजोर नभएको तर्क गरेका हुन् ।

आफू उपप्रधानमन्त्री बनिसकेको उल्लेख गर्दै उनले अबको निर्वाचनपछि हरेक किसिमबाट प्रधानमन्त्री बनेर देश सञ्चालन गर्न र देशमा सुव्यवस्था, राजनीतिक स्थिरता गराउन आफू सक्षम रहेको बताए ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा बुधबार नेता सिंहले आफ्ना अनुभवले कुन पदका लागि योग्य छु भन्नेकुरा बोलिसकेको भन्दै प्रधानमन्त्रीको लागि अवसर पाए देशमा केही गरेर देखाउने भोक आफूमा रहेको बताए ।

नेता सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा आफूबिरुद्ध धेरै स्वतन्त्र र अन्य पार्टीका उम्मेदवारहरु खडा भए पनि स्थानीयहरुको कामका लागि आफू नै योग्य रहेको दाबी गरे ।

स्वतन्त्र उम्मेदवारहरु अहिले परीक्षणको क्रममा रहेकाले सबैले एकअर्काको गलत प्रचारप्रसार नगरी आफ्ना एजेण्डाहरुलाई जनताबीचमा लैजानुपर्ने आवश्यक्ता भएको बताए ।

बहुलवादमा आधारित संसदीय शासन प्रणाली भएकाले सबैले आफ्नो स्वतन्त्र अधिकारलाई प्रयोग गर्न पाउने उल्लेख गर्दै शुद्ध प्रतिष्पर्धामा उत्रिने संस्कृतिको विकास गर्न आवश्यक रहेको बताए ।


क्लिकमान्डु