सानिमा बैंकको थ्री इन वान खातामा थपियो दुई सुविधा



काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकलाई सेयर कारोबार प्रकृयामा थप सहज र सरल बनाउन थ्री इन वान खाताको प्रणाली परिष्कृत गरेको छ ।

ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै बैंकले उक्त खाताको अनलाइन फारम भर्दा बैंक खाता, डिम्याट खाता र ट्रेडिङ खाताका साथै सी–आश्वा र मेरो सेयरको आवेदन दिन सकिने छ ।

यो खाता खोल्न ग्राहकले घरमै बसी सानिमा बैंकको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् । खाता भइसकेका ग्राहकले समेत यसबाट सी–आश्वा तथा मेरो सेयरको सुबिधा लिन सक्नेछन् ।

सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्त रुपमा संचालनमा ल्याएको यस खातामा ग्राहकहरुले अनलाइन मार्फत् दोस्रो बजारबाट सेयर खरिद र बिक्री गर्न सक्नेछन् ।

यो खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेबसाइटबाट उक्त खातामा क्लिक गरी आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ ।

आईपीओ मार्फत् सेयर खरिद गरेका ग्राहकले केही प्रकृयाहरु पूरा गरी उक्त खाता मार्फत सजिलै सेयर बिक्री गर्न मिल्ने सुबिधा रहेको बैंकले जनाएको छ । सानिमा बैंककोे सातै प्रदेशमा १२९ वटा कार्यालयहरु र १२२ वटा एटिएम संजालहरु रहेका छन् ।


क्लिकमान्डु