सरकारले १८ अर्ब २० करोड आन्तरिक ऋण उठाउँदै



काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । केन्द्रीय बैंकले २८ दिनदेखि ३६४ दिनसम्मका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

बिहीबार जारी हुने ट्रेजरी बिलका लागि आज (सोमबार) दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार २८ दिनको लागि २ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागिएको छ । यो कात्तिक २९ गते परिपक्व हुनेछ । यस्तै ९१ दिनका लागि जारी गर्न लागेको ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल माघ ३ गते परिपक्व हुनेछ ।

१८२ दिनको लागि जारी गर्न लागेको ५ अर्बको ट्रेजरी बिल आगामी वैशाख १ गते परिपक्व हुनेछ । ३६४ दिनका लागि जारी गर्न लागेको ६ अर्ब रुपैयाँको ट्रेजरी बिल २०८० असोज ३० गते परिपक्व हुनेछ ।

सरकारले एक वा एक वर्षभन्दा कम अवधिका लागि आन्तरिक ऋण उठाउन ट्रेजरी बिल जारी गर्ने गर्दछ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन स्रोत जुटाउन टे«जरी बिल जारी गर्ने गरिन्छ ।

ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि सकिने राष्ट्र बैंकले जनाएको छ । यो बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण सहभागी हुन सक्नेछन् ।


क्लिकमान्डु