बैंक अफ काठमाण्डूले २०.९५% लाभांश दिने, बोनस भन्दा नगद बढी



काठमाडौं । बैंक अफ काठमाण्डूले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट २०.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले कर सहित १४.९५ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृति दिएर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने छ ।


क्लिकमान्डु