कुमारी बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत



best fi

काठमाडौं । कुमारी बैंकले सेयरधनीहरुलाई दिन प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैकले स्वीकृत गरेको छ ।

कुमारीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १२.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको हो । राष्ट्र बैंकबाट लाभांशको स्वीकृति पाउने कुमारी बैंक दोस्रो बैंक हो ।

बैंकले हाल १९८ शाखा संजाल, १९५ एटिएम, ५४ शाखारहित बन्किंग इकाई तथा ३४ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वितिय सेवा सुविधा दिंदै आएको कुमारी बैंकले आगामी दिनमा पनि झन् प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबदता जनाएको छ।


क्लिकमान्डु