शाखारहित सेवाका प्रतिनिधिबाट सर्वसाधारण ठगिए, कारबाही गर्न उजुरी दिएका छौंः माछापुच्छ्रे बैंक



काठमाडौं । माछापुच्छ्रे बैंक रुपन्देही जिल्ला समरीमाई गाउँपालिका–५, रोइनिहवा र लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहानामा स्थानीय सर्वसाधारणलाई त्यहाँका प्रतिनिधिले ठगेको जनाएका बताइएको छ ।

स्थानीयलाई ठगेको भन्दै उक्त शाखारहित बैंकङ सेवा बन्द गरेको र जनतालाई ठग्नेलाई कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको बैंकले जनाएको छ ।

बैंकका अनु्सार सीमित बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले निरन्जन पाठक र सिकन्द्र ठाकर व्यबसायिक प्रतिनिधी नियुक्त र उनीहरुको कैफियत गरेको बैंकले जनाएको छ ।

‘उक्त सेवा केन्द्रका प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको रकम रियल टाईममा रकम जम्मा हुने र सिस्टम मार्फत नै भौचर (रिसिप्ट) प्रिण्ट भई निक्षेपकर्तालाई सोही भौचर प्रदान गर्नुपर्नेमा निज प्रतिनिधिहरुले बैंक भौचरको अनाधिकृत प्रयोग गरी विभिन्न व्यक्तिहरुलाई हस्तलिखित भौचर प्रदान गर्ने र बैंकको अनलाईन सिस्टम मार्फत रकम जम्मा नै नगरी आफै रकम राख्ने गरेको कार्य गरेको बैकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधिहरुले कानून विपरित कार्य गरेको भन्दै उनीहरु बिरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लिखित उजुरी दिएको बैंकले जनाएको छ ।

‘प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट झिकेको रकम आफैले खाए मासेको व्यवहोरा लिखित रुपमा नै स्वीकार गरी सकेको र निज प्रतिनिधिहरुले ग्राहकको रकम व्यक्तिगत हैसियतमा दुरुपयोग गरे उपर निज प्रतिनिधिहरु स्वयं जिम्मेवार हुने छन्’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बैंक सो सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालय मार्फत आवश्यक कानूनी प्रकया शुरु भईसकेको जानकारी गराउँदै उक्त कार्यबाट पीडित हुनु भएको भए सम्बन्धित प्रहरी कार्यालयबाट उपचारका प्रकयामा सहभागि हुन समेत अवगत गराउंदछौं ।’


क्लिकमान्डु